+

टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा

२०८१ असोज  १६ गते १४:४४ २०८१ असोज १६ गते १४:४४
टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा

१६ असोज, काठमाडौं ।  नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।

अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।

टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन् ।

टी–२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा छन् । गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन् ।

गुल्सन, रोहित पौडेल र इंग्ल्यान्सका साम करन समान ६८ रेटिङका साथ ५३ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् । करण केसी ७१ औं स्थानमा यथावत छन् ।

टी–२० विश्व दीपेन्द्र सिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय