+
+

१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १४:५२

१६ असोज, धनगढी। प्रहरीले एक सय दुई ग्राम बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-२० को एयरपोर्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बैराहिज रुपेडिया स्टेशन रोड उत्तर प्रदेश बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका-५ घर भएका ४१ वर्षीय बालचन्द्र कामी रहेकोलागुऔषध ब्युरोले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टाेलीले दुवै जनालाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा नियणन्त्रमा लिएको थियो।

प्रहरीले भारतीय नागरिक राहुल शुक्लाले तल्लो शरीरमा लगाएको खैरो रंगको टाउजरको दाहिने खल्तीमा प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो ।

उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?