+
+

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब बाढी पीडितलाई दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १७:०१

१६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीतिहरुलाई दिने भएका छन् ।

प्रमुख सचेतक मेटमणि चौधरीले संसद् सचिवालयलाई आफ्ना सांसदहरुको १५ दिनको तलब उद्धार कोषमा राखिदिन पत्राचार गरेका छन् ।

‘हाम्रो पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिनु हुन अनुरोध छ’, चौधरीले पत्र लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?