+

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देश : कर्णाली याक्स निर्देशक घिमिरे

२०८१ असोज  १६ गते १७:०६ २०८१ असोज १६ गते १७:०६
निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देश : कर्णाली याक्स निर्देशक घिमिरे

१६ असोज, काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले निजी क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी ८ क्लबको मालिक सार्वजनिक गरेको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले भने, ‘निजी क्षेत्रलाई खेलसँग जोड्ने काम गरेकोमा क्यानलाई बधाई दिन चाहन्छु । यो सुखद् सन्देश हो । अब, नेपाली क्रिकेटले विकासमा ठूलो फड्को मार्नेछ ।’

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सोमबार मात्रै टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक गरेको थियो । कर्णालीको प्रतिनिधित्व गर्ने याक टिमको लोगोमा समावेश गरिएको छ ।

यस्तै, टिमको प्रशिक्षकमा पूर्व कप्तान तथा नेपाली राष्ट्रिय ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्ती गरिएको छ । मल्ल कर्णाली याक्सका टिम निर्देशन पनि हुन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कार्मी रहेका छन् ।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरले नेपाली खेलकुद भन्दैबित्तिकै ओलम्पियन दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सधै चर्चामा आउने बताउँदै अबका दिनमा एनपिएल पनि जोडिएको बताए ।

‘हामीले खेलकुद भन्नेबित्तिकै सधै दीपक विष्ट, संगिना वैद्यसँगै पूर्व कप्तान पारस खड्का तथा पछिल्लो समय पलेशा गोवर्धन र एरिका गुरुङ जस्ता खेलाडीमा नाम सुन्छौं । अब, क्यानले संसारको ध्यान नेपाल प्रिमियर लिगमार्फत तान्न सफल भएको छ ।’

निर्देशक घिमिरेले कर्णाली याक्सको लागि स्पोन्सर खोज्दै जाँदा नेपाली क्रिकेटको प्रशंसा अत्याधिक पाएको सुनाउँदै नेपाली क्रिकेटको भविष्य उज्वल रहेको प्रष्ट पारेका छन् । ‘निजी क्षेत्रले भविष्यमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन योगदान सुरु गरिसकेका छन् । यहाँ प्रतियोगिता सबैले जित्न खेल्छन् । कस्ले जित्छ थाहा हुँदैन । सबैले राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छु ।’

कर्णाली याक्स निजी क्षेत्र

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय