+
+

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १७:१०

१६ असोज, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

यो पटक घोषित लाभांश यस लघुवित्तको इतिहासमै न्यून हो । कम्पनीको मूल्य प्रतिकित्ता १४५८.९० रुपैयाँ छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?