+
+

‘वायुसेवा कम्पनी र कर्मचारीमाथि हुलहुज्जत अस्वीकार्य’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १८:५३
फाइल तस्वीर

१६ असोज, काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थल काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ ।

संघले बुधबार विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा बेचिएको भन्दै हुलहुज्ज गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

‘हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरुत्साहित गरिदिन माग गर्छ,’ विज्ञप्तिमा छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघले जनाएको छ ।

‘उडान कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसके सुरक्षाका कारण सबै नियमित उडान बाध्य भई स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ,’ विज्ञप्तिमा छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?