+

गण्डकीलाई हराउँदै काठमाडौंको दोस्रो जित

२०८१ असोज  १६ गते २०:३८ २०८१ असोज १६ गते २०:३८
गण्डकीलाई हराउँदै काठमाडौंको दोस्रो जित

१६ असोज, काठमडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल)मा काठमाडौं स्पाइकर्सले दोस्रो जित निकालेको छ ।

काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ ले हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

काठमाडौंले गण्डकीलाई २५–२३, १९–२५, २५–२१ र २५–१६ ले हराएको छ । पहिलो, तेस्रो र चौथो सेट जित्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
गण्डकीको भने यो तेस्रो हार हो ।

पहिलो खेलमा चितवन शक्तिसँग हार बेहोरेको गण्डकीले दोस्रो खेलमा कर्णाली यस्विससँग हार बेहोरेको हो । काठमाडौंले भने पहिलो खेलमा ललितपुर क्विन्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा चितवन शक्तिलाई हराएको थियो ।

आजको जितले काठमाडौंको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ भने गण्डकीको भने लगभग फाइनल पुग्ने सम्भावना सकिएको छ ।

आजको पहिलो खेलमा कर्णाली यस्वीसले ललितपुर क्विन्सलाई ३–० ले हराएको छ । आजको अन्तिम खेल चितवन शक्ति र मधेश युनाइटेडबीच हुनेछ ।

काठमाडौं गण्डकी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय