+

एनपीएल अक्सनमा १४२ खेलाडी हुने

२०८१ असोज  १६ गते २१:१४ २०८१ असोज १६ गते २१:१४
एनपीएल अक्सनमा १४२ खेलाडी हुने

१६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को अक्सनमा कुल १४२ खेलाडी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज २० मा हुने अक्सनमा राखिने खेलाडीको सूची तयार गरेको हो ।

असोज ५ देखि १२ सम्म राखिएको दर्ता मितिमा कुल ४२६ खेलाडीले नाम दिएका थिए । क्यानले सर्ट लिष्ट गर्दै १४२ पुर्‍याएको हो । ग्रेड ए मा २७, ग्रेड बी मा ३५ र ग्रेड सी मा ७७ खेलाडी छन् ।

ग्रेड ए का खेलाडीको न्यूनतम मूल्य १० र उच्चतम १५ लाख राखिएको छ । उच्चतम मूल्यपछि चिट्ठा थुतिनेछ । शरद भेषवाकरले ग्रेड ए मा नाम दर्ता गराएका छन् । वर्तमान नेपाली टोलीबाट खेलिराखेका खेलाडीले ए ग्रेडमा नाम राखेका छन् ।

ग्रेड बी मा न्यूनतम मूल्य ५ लाख र उच्चतम १० लाख राखिएको छ । उच्चतम मूल्यपछि चिट्ठा थुतिनेछ । ग्रेड सी मा न्यूनतम मूल्य २ लाख र उच्चतम ५ लाख राखिएको छ ।

एनपीएलमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स ८ फ्रेन्चाइज टोली छन् । एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा हुनेछ ।

एनपीएल क्रिकेट नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय