+

लिभरपुल र युभेन्ट्सको लगातार दोस्रो जित

२०८१ असोज  १७ गते १०:०६ २०८१ असोज १७ गते १०:०६
लिभरपुल र युभेन्ट्सको लगातार दोस्रो जित

१७ असोज, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा बोलोग्नालाई २-० ले पराजित गरेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मोहमद सालाहले ७५औं मिनेटमा अर्को गोल थपे । लगातार दोस्रो जितपछि लिभरपुल ६ अंक जोडेर पाँचौ स्थानमा छ ।

यस्तै दश खेलाडी समेटिएको युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै जर्मन क्लब लाइपजिगलाई ३-२ ले पराजित गरेको छ ।

लाइपजिगका लागि बेन्जामिन सेस्कोले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५०औं मिनेटमा डुसान भ्लाहोभिकले युभेन्ट्सका लागि बराबरी ल गरे । ५९औं मिनेटमा भिएआरको सहयोगमा एम डी ग्रेगोरिओले रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा समेटियो ।

६५औं मिनेटमा सेस्कोले पेनाल्टीमा गोल गरेपछि लाइपजिगले पुन: अग्रता लियो । तर युभेन्ट्स एक खेलाडी कम भएको फाइदा लाइपजिगले उठाउन सकेन ।

६८औं मिनेटमा भ्लाहोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ८२औं मिनेटमा फ्रानसिस्को कोन्सेइकाओले गोल गर्दै युभेन्ट्सलाई पहिलो पटक अग्रता दिलाए र त्यही गोल निर्णायक बन्दा युभेन्ट्सले जित हात पारेको हो ।

२ खेलबाट ६ अंक जोडेको युभेन्ट्स सातौं स्थानमा छ । लाइपजिगको भने यो लगातार दोस्रो हो ।

यस पटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता छ र दुई खेल हुँदा ७ क्लबले मात्र शतप्रतिशत जित हात पारेका छन् ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय