+
+

भीरबाट लडेर काभ्रेमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ११:३९

११ असोज, काठमाडौं । भीरबाट लडेर काभ्रेको तेमाल गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका-६ माथिल्लो छापका ५७ वर्षीय दुधराज तामाङ छन् ।

आफन्तको घ्यवामा पुगेर पैदल फर्कने क्रममा उनी भीरबाट लडेका थिए । बुधबार बिहान ११ बजे रक्से खोलाको भुतेडुंग भीरबाट कोशी नदी किनारामा खसेका थिए । तर परिवार र स्थानीयले भने दिउँसो साढे १ बजेको समयमा मात्रै थाहा पाएको उनका आफन्त रमेश तामाङले जानकारी दिए ।

घटनाबारे नजिकै वडाध्यक्षलाई नजिकै रहेको स्वास्थ्य केन्द्रलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको आफन्तले आरोप लगाएका छन् । छोरा बिकेश लामाले स्वास्थ्यकेन्द्रमै पुगेर राति ११ बजे स्वास्थ्यकर्मीलाई लगेर बुबाको प्राथमिक उपचार गराएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि बिहीबार बिहान थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत् सदरमुकाम ल्याउने प्रयास भएपनि मौसमको कारण सम्भव नभएको आफन्तले बताएका छन् ।  कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले उद्धारका लागि मौसम खराव भएका कारण उडान गर्न नसकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?