+
+

हवाई उडानमा वान–वे ट्राफिक, भद्रपुरबाट रित्तै फर्कियो जहाज

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ११:५४

१७ असोज, काठमाडौं । चाडबाड र राजमार्ग अवरुद्ध भएको मौकामा आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको जानकारी गराएको छ ।

बिहीबार भद्रपुर–काठमाडौं कुल दुई उडान भएकोमा एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र यात्रु रहेको कम्पनीले जनाएको छ । बुद्धले भद्रपुरमा आजबाट दैनिक दुई उडान थपेको छ । यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।

भद्रपुरबाट काठमाडौं एकतर्फी बुद्धले ५ हजार रुपैयाँ मात्र भाडादर तोकेको छ । यद्यपी काठमाडौं आउने यात्रु नभएको कम्पनीको भनाइ छ । एकतर्फी चापले त्रिभुवन विमानस्थलमा भने हरेक दिनजसो हुलहुज्जत हुने गरेको छ ।

भद्रपुर र जनकपुरमा हुस्सुले कम दु:ख दिन्छ ।  हुस्सु नहुने र यात्रुको संख्या बढ्न थालेपछि अझै उडान संख्या थपिने कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?