+
+

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

रासस रासस
२०८१ असोज १७ गते १३:२६
फाइल फोटो ।

१७ असोज, झापा । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जंगलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।’

झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?