+
+

अमेरिकी र्‍यापर लिल पम्पले दिए काठमाडौंमा प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १३:२७

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर लिल पम्पले पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिएका छन् । केही दिनअघि काठमाडौं उत्रिएका उनले बुधबार राति ठमेलको एलओडी क्लबमा प्रस्तुति दिए ।

उनको कन्सर्ट हेर्न चर्चित नेपाली हिपहप कलाकारदेखि फ्यानको घुइँचो लागेको थियो । र्‍याप संगीतको एक विधा साउडक्लाउडको गायनबाट चर्चित उनले ‘डेडपुल २’ जस्ता चर्चित हलिउड फिल्मका साउण्ड ट्रयाकमा पनि आवाज दिएका छन् ।

उनको गायनलाई पछ्याउने नेपालमा पनि नयाँपुस्ता छ । गेजी फाबियो गार्सिया वास्तविक नाम भएका उनी सन् २०१७ मा सार्वजनिक भएको गीत ‘गुच्ची ग्याङ’बाट अन्तर्राष्ट्रिय रुपमै चर्चित भए । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १३.८ मिलियन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?