+
+
वीपी राजमार्ग :

चौकीडाँडा–कालढुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले बगायो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १४:५६

१६ असोज, काठमाडौं । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ ।

यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको (वासआउट भएको) भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था छैन ।’

नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सुचारु गर्ने प्रयास हुनेछ ।

उनका अनुसार असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ ।

स्थायी संरचना बनाउन भने २० देखि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहोको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?