+
+

राजदेवी मन्दिर डुबानमा

रासस रासस
२०८१ असोज १७ गते १५:१२

७ असोज, महोत्तरी । महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ ।

पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामप्रित गिरीले बताए । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।

पानीले राजदेवीको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए । पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए ।

उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ । पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?