+
+

‘ज्वाइँ साब’ ट्रेलर : सम्पत्तिको लोभमा विवाह गर्दा आउने संकटको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १६:३६

काठमाडौं । झण्डै तीन मिनेटको ‘ज्वाइँ साब’को ट्रेलरले गोवर्द्धन पण्डित नामक एक गाउँको अधवैंशे पात्रको कथा भन्छ । जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ ।

एकदिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति पाइने सूचना बज्छ । श्रीमती र सम्पत्तिको लोभमा रेडियो सुनेपछि गोवर्द्धन र उसका साथीहरुले प्रतियोगितामा भाग लिन्छन् । त्यसपछि अभिनेत्री नीति शाह भन्छिन्- मेरो श्रीमान बन्न भोलि ८ बजेदेखि प्रतियोगिता ठ्याक्कै सुरु हुन्छ ।

अनि सुरु हुन्छ श्रीमती र सम्पत्ति जित्न आयोजना गरिएको प्रतियोगिता । जहाँ जितुसहित बुद्धि तामाङ, हिमेश पन्त लगायतले भाग लिन्छन् । यो प्रतियोगिताले मिल्ने साथीबीच दरार पनि आउँछ ।

प्रतियोगितामा भाग लिनेलाई नीतिले केही चुनौतीपूर्ण टास्क दिन्छिन्- ‘डोको बोकेर दौडिनुपर्ने, चिया बनाउनुपर्ने, लुगा धुनुपर्ने र अन्तर्वार्तामा पास हुनुपर्छ ।’

प्रतियोगितामा गोवर्धन विजय हुन्छ । अनि नीतिसँग जितुको विवाह हुन्छ । सम्पत्तिको लोभमा विवाह गरेको जितुले विवाहपछि वैवाहिक संकट खेप्नुपर्छ । त्यसपछि निर्देशकले फिल्मको कथालाई सस्पेन्स राखेका छन् ।

ट्रेलरको अन्त्यमा जितु पासपोर्ट बोकेर विदेशिन विमानस्थल पुगेको देखिन्छ । एयरपोर्टमा नीति पनि बच्चा च्यापेर पुगेकी हुन्छिन् । बिहीबार सार्वजनिक भएको फिल्मको ट्रेलरले प्रस्तुत कथावस्तुलाई खुलाएको देखिन्छ । ट्रेलर मार्फत फिल्मले सम्पत्तिको लोभमा विवाह गर्दा आउने कठिनाइबारे वस्तपुरक सन्देश दिएको छ ।

बसन्त निरौला निर्देशित यो फिल्मलाई रेड आइ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्म दशैंको फूलपातीको अवसरमा असोज २४ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?