+
+

राप्रपा संगठन विभाग प्रमुखमा बुद्धिमान, राजनीतिक विभागमा रवीन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १९:१८
राप्रपा नेताहरु रवीन्द्र मिश्र र बुद्धिमान तामाङ

१७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन् ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले  पाएका छन् ।

यसअघि संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा थिए भने बुद्धिमान राजनीतिक विभाग प्रमुख थिए  । धवलशमशेर पार्टीको आन्दोलन परिचालन समितिको संयोजक छन् । त्यस्तै ध्रुवबहादुर प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागमा भने रोशन कार्की थिइन् ।

त्यस्तै राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी दिइएको छ ।

सुचना प्रविधि विभाग (आईटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?