+
+

राजु परियारको स्वरमा ‘यसपालीको दशैं तिहार’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते २१:०७

काठमाडौं । वरिष्ठ लोकगायक राजु परियारको आवाजमा दशैंगीत ‘यसपालीको दशैं तिहार’ सार्वजनिक भएको छ ।

गीतको रचना र संगीत प्रितम श्रेष्ठले गरेका हुन् । गीतमा नेपाली संस्कृति र परम्परालाई झल्काउने भाव समेटिएको छ । गीतमा मुकुन्द भट्ट र बिना राउतको अभिनय देख्न सकिन्छ ।

गीतको संगीत संयोजन कृष्ण बजुरालीले गरेका हुन् भने निर्देशन शिवजी क्षेत्रीले सम्हालेका छन् ।

नेपाली गाउँले परिवेश र परम्परागत संस्कृतिलाई समेटेर लेखिएको यो गीतले दशैं तिहारको उल्लासपूर्ण माहोललाई दर्शाएको छ । प्रितम श्रेष्ठले यसअघि ‘तिमी हिँड्ने गल्ली,’ ‘मायालु,’ र ‘माथि माथि माया बग्छ’जस्ता चर्चित गीत सिर्जना गरेका थिए ।

विदेशमा रहेका नेपालीका लागि यो गीतले दशैं र तिहारको सम्झना दिलाउँदै, लामो समयपछि गाउँ फर्कन लागेकामा रमाइलो र उत्साह थप्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?