+
+

थ्रेड्समा नयाँ फिचर, पोस्ट एडिट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते ८:५२

काठमाडौं । मेटा स्वामित्वको माइक्रो ब्लगिङ साइट थ्रेड्समा एउटा महत्वपूर्ण फिचर आएको छ जुन अर्को सोसल मिडिया प्लाटफर्म एक्सको सबैभन्दा लोकप्रिय तथा डिमाण्डिङ फिचर हो । जस अनुसार थ्रेड्सका प्रयोगकर्ताले पनि अब आफूले गरेका पोस्ट एडिट गर्न सक्नेछन् ।

हाल थ्रेड्सको बेटा भर्सनका प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएको छ । रिपोर्ट अनुसार थ्रेड्स प्रयोगकर्तालाई कुनै पनि पोस्टलाई एडिट गर्नका लागि १५ मिनेटको समय उपलब्ध हुनेछ । जबकि एक्समा कुनैपनि पोस्टलाई एडिट गर्नका लागि एक घण्टाको समय पाइन्छ । तथापि यो सुविधा केवल सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ।

थ्रेड्सको नयाँ एडिट बटनले प्रयोगकर्तालाई आफ्नो पोस्ट प्रकाशित भएको १५ मिनेटपछिसम्म संशोधन गर्ने सुविधा दिन्छ । तर १५ मिनेट बितिसकेपछि उक्त पोस्ट लक हुन्छ र त्यसपछि सो पोस्टलाई एडिट गर्न सकिँदैन ।

एडिट बटनका अलावा थ्रेड्समा लगातार नयाँ नयाँ फिचर थप भइरहेका छन् । हाल थ्रेड्सका प्रयोगकर्ता करीब २० करोड छन् । स्मरण रहोस् एलन मस्कको एक्ससँग टक्कर दिनेगरी मार्क जुकरबर्गले थ्रेड्स लञ्च गरेका थिए । सुरुवातमा थ्रेड्सले ठूलो लोकप्रियता हासिल गर्दै कीर्तिमान नै कायम गरेको थियो । तथापि केही समयमै थ्रेड्सको लोकप्रियता ओह्रालो लागेको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?