+
+

गुल्मीमा दशैं–तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते ११:१६

१८ असोज, गुल्मी । दशैं–तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यवस्था मिलाउन गुल्मीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गा लगायतका स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । सहायता कक्षको स्थापना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित शुभारम्भ गरिएको थियो ।

दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको डिएसपी पोखरेलले बताए । यो अवधिमा ओभर लोड र मापसे जाँचलाई कढाइका साथ लैजाने पोखरेलले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिर्नुपर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षबाट सबै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

सहज र सरल तरिकाबाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, संस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्ने शर्माले बताए । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा दिनेछन् । यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि समय समयमा चेतनामूलक सन्देश प्रवाह पनि गर्नेछन् ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?