+
+

यातायात क्षेत्रका प्रतिनिधिसँग सडकको अवस्थाबारे प्रचण्डले गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १६:२६

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिसँग छलफल गरेका छन् ।

शुक्रबार खुमलटारस्थित प्रचण्ड निवास पुगेका यातायात क्षेत्रका प्रतिनिधिले बाढी पहिरो र सडकको अवस्थाका विषयमा छलफल गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावित क्षेत्रको अवलोकन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको प्रचण्डले बताए । उनले यातायात क्षेत्रबा६ यससम्बन्धी विस्तृत जानकारी लिएर समाधानका लागि पहल गर्ने पनि बताए ।

सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले बाढी पहिरो र डुवानका कारण यातायात व्यवसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको गुनासो गरेका थिए ।

अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भीम ज्वाला राई लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?