+
+

मोबाइल फुड ल्याब भ्यानबाट बजार अनुगमन सुरु, डेरी प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १७:३१

१८ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ ।

सोही क्रममा विभागले काठमाडौं उपत्यका भित्रका दुग्ध केन्द्र र डेरीमा अनुगमन गरिएको छ ।

बिहीबार काभ्रे डेरीको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको र प्रशोधित दूघ र घिउमा कुनै कैफियत नदेखिएको विभागले उल्लेख गरेको छ ।

बिहीबार नै एबी टिपिकल थकालीको पनि अनुगमन गरिएको थियो ।

सो क्रममा बेकरी सर्टेनिङमा कैफियत देखिएको भन्दै विभागले सो प्रयोग नगर्न निर्देशन दिएको छ ।

बिहीबार नै पेप्सीकोलाका गोलोक डेरी र अनुप डेरीमा गरिएको अनुगमनबाट कुनै कैफियत नभेटिएको विभागले जनाएको छ ।

सोही स्थानको सूर्यमुखी डेरीमा गरिएको निरिक्षणबाट भने दूधमा कैफियत देखिएपछि विस्तृत परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।

विभागले १६ असोजदेखि मोबाइल खाद्य प्रयोगशाखाबाट बजार अनुगमन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?