+
+

यो साता ओटीटीमा कुन-कुन फिल्म र सिरिज हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १७:३९

काठमाडौं । यो साता ओटीटीमा केही नयाँ फिल्म र सिरिज आउँदैछन् । रोमान्टिक कमेडीदेखि साइबर थ्रिलरसम्मका फिल्म र सिरिज दर्शकका लागि विभिन्न प्लाटफर्ममा उपलब्ध छन् ।

अनुपम खेरको ‘सिग्नेचर’, थलापति विजयको ‘द गोट’देखि अनन्या पाण्डेको ‘सीटीआरएल’ यो साता ओटीटीमा रिलिज हुँदैछन् ।

तमिल एक्सन थ्रिलर ‘द ग्रेटेस्ट अफ अल टाइम : गोट’ नेटफ्लिक्समा रिलिज भएको छ । यो फिल्मले भारतीय अपराध अनुसन्धान दस्ताको पूर्वजासूस गान्धीको कथा भन्छ । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

प्रशान्त, प्रभु देवा, मोहन, जयराम, स्नेहा, लैला, अजमल अमिर, मिनाक्षी चौधरी, पार्वती नायर, वैभव, योगी बाबुको अभिनय यसमा छ । अक्टोबर ३ मा यो फिल्म नेटफ्लिक्समा रिलिज भएको छ ।

अनन्या पाण्डे स्टारर साइबर थ्रिलर फिल्म ‘सीटीआरएल’ पनि नेटफ्लिक्समा रिलिज भएको छ । अनन्या र विहान सामत मुख्य भूमिकामा छन् । अनन्या र विहानले क्रमशः नेला अवस्थी र जो मस्करेन्हास नामक प्रभावशाली जोडीको भूमिका निर्वाह गरेका छन् ।

जब जो नेलालाई धोका दिन्छ, उनले उसलाई आफ्नो जीवनबाट हटाउन एआईको सहारा लिन्छिन् । तर एपले नियन्त्रणमा लिंदा परिस्थितिले भयानक मोड लिन्छ । यो फिल्मलाई विक्रमादित्य मोटवानेले निर्देशन गरेका हुन् । यो फिल्म शुक्रबार रिलिज भएको छ ।

प्राइम भिडियोमा ‘हाउस अफ स्पोइल्स’ रिलिज भएको छ । एक शेफले एकान्त थलोमा रेस्टुरेन्ट सुरु गर्छ, तर एक रहस्यमय र प्रेत शक्तिले उसमाथि हस्तक्षेप गर्छ । हरेक पाइलामा उसको प्रयासलाई निस्तेज तुल्याउन प्रयास गर्छ । यो हरर थ्रिलर फिल्म बिहीबार नै रिलिज भइसकेको छ ।

जियो सिनेमामा ‘अमर प्रेमकी प्रेम कहानी’ रिलिज भएको छ । कथा अमरको वरिपरि घुम्छ, जो भर्खरै इन्गेजमेन्ट भए पनि विवाहेत्तर प्रेममा पर्छ । यसले तनाव सिर्जना गर्छ र अमरको आगामी विवाहलाई जोखिममा पार्छ । ड्रामा जनरामा राखिएको यो फिल्म शुक्रबारदेखि रिलिज भएको छ ।

हरर जनरा रुचाउने दर्शकलाई शुक्रबारदेखि नेटफ्लिक्समा रिलिज भएको ‘प्लाटफर्म २’ रुचिकर हुनसक्छ । हालै जेलमा परेको एक नयाँ कैदी जेलभित्र हुने असमान खानाको वितरणविरुद्ध संघर्ष गर्ने कथामा यो फिल्म बनेको छ ।

अमेजन प्राइम भिडियोमा ‘द ट्राइब’ नामक सिरिज रिलिज भएको छ । पाँचजना कन्टेन्ट क्रिएटर विश्वव्यापी  प्रभावशाली बन्ने लक्ष्य राख्दै लस एन्जलसमा बस्छन् । तन्नेरी दर्शकका लागि यो सिरिज रुचिकर हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?