+
+

बाढी प्रभावित काभ्रेका ३ स्थानीय तहलाई काठमाडौं महानगरले २०/२० लाख रुपैयाँ दिने

काठमाडौं महानगरपालिकाले बाढीपहिरो प्रभावित काभ्रेको पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई राहत स्वरूप २०/२० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १७:४४

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।

महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने  निर्णय गरेको हो ।

मेयर बालेन साहको  अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले तीन वटै स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

महानगरले  आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?