+

चितवनलाई हराउँदै ललितपुरको तेस्रो जित

२०८१ असोज  १८ गते १९:३५ २०८१ असोज १८ गते १९:३५
चितवनलाई हराउँदै ललितपुरको तेस्रो जित

१८ असोज, काठमाडौं । ललितपुर क्विन्सले चितवन शक्तिलाई ३–१ को सेटमा हराउँदै  तेस्रो जित निकालेको छ ।

शुक्रबार एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल)मा ललितपुरले चितवनलाई २०–२५, २५–२१, २५–१६ र २५–१९ ले हराएको हो ।

पहिलो सेट हारेको ललितपुरले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै खेल जितेको हो ।

यो जितसँगै ललितपुरले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

आजको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई सोझो सेटमा हराएको खण्डमा ललितपुरले फाइनल खेल्ने सम्भावना रहन्छ ।

हाल कर्णाली भने १० अंक सहित शिर्ष स्थानमा रहेको छ । काठमाडौं स्पाइकर्स ९ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

चितवन ललितपुर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय