+
+

प्रेस कार्ड कीर्ते गर्नेलाई कारबाही गर्न प्रहरीमा पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १९:४५

१८ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो ।

काउन्सिलले शुक्रबार विज्ञप्ती निकालेर यस्तो जानकारी दिएको हो । काउन्सिलका अनुसार गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।

यसैगरी, काउन्सिलले एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको भन्दै अंग्रेजी दैनिक द हिमालयनमाथि परेको उजुरीमा विस्तृत अनुसन्धान गर्न एक कार्यदल समेत गठन गरेको छ ।

काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको हो ।

हेर्नुहोस् प्रेस काउन्सिल नेपाल निकालेको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?