+
+

नेसनल किड्स अफ दि इयरमा ४ विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १७:३०

काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । छैटौँ ‘नेसनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको हो ।

राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सिनियर केटीतर्फ क्यारिङ दोङ विजेता बन्दा केटातर्फ उत्सर्ग भट्टराई विजेता बने । दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्ययनरत छिन् भने भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

जुनियर खण्डको केटीतर्फ प्रान्भी आचार्यले शीर्ष उपाधि चुम्दा कोटातर्फ प्रणय मानन्धर विजेता घोषित भए । आचार्य माछापुच्छ्रे आभी स्कुल कक्षा ३ मा अध्ययनरत छिन् भने मानन्धर रोजबर्ड स्कुल कक्षा २ मा अध्ययनरत छन् ।

शीर्ष विजेता ४ जनाले नै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेसनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले २५/२५ हजार बराबरको अन्तर्राष्ट्रिय हवाई टिकट प्राप्त गरेका छन् ।

सिनियरको केटातर्फ निशान उलक फस्ट रनरअप र आरोग्य श्रेष्ठ सेकेन्ड रनरअप छानिँदा केटीतर्फ परिसा सिटौला फस्ट रनरअप र इक्सिता तन्डुकार सेकेन्ड रनरअप भए । जुनियरमा केटीतर्फ साइना थापा फस्ट रनरअप, आयुजा चौधरी सेकेन्ड रनरअप हुँदा केटातर्फ अविग्न डंगोल फस्ट रनरअप र ड्यारियन कुँवर सेकेन्ड रनरअप भए ।

उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सोफिया महर्जन कार्की पब्लिक स्पिच, स्वस्तिका राजभण्डारीले व्यक्तित्व विकास, अभिेनता आशान्त शर्माले अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षण दिएका थिए ।

गायक धीरज राई, सन्दीप कार्की, राजेन्द्र गिरी, युग श्रेष्ठले साङ्गीतिक प्रस्तुतिमार्फत कार्यक्रमको वातावरण संगीतमय बनाएका थिए । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगिता बच्चाहरूलाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका प्रमुख धिरज तन्डुकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?