
काठमाडौँ । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले लगनगाँठो कसेकी छन् । काठमाडौंको रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनी विवाह बन्धनमा बाँधिएकी हुन् ।
पेशाले न्यौपाने इन्जिनियर हुन् । शुक्रबार काठमाडौंको एक मन्दिरमा आयोजित वैवाहिक समारोहमा आफन्त र परिवारको उपस्थिती थियो ।
सुनिताले गाएका ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीत लोकप्रिय छन् । प्रशंसकले उनलाई सामाजिक संजालबाट वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4