+
+

शनिबार ‘बेहुली फ्रम मेघौली’ देशभर उत्साहप्रद, कमाइबारे के भन्छन् वितरक ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १९ गते १९:५०

काठमाडौँ । स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’ले शनिबार उत्साहप्रद ब्यापार गरेको छ । शनिबार काठमाडौं उपत्यकासहित देशभरका हलको अकुपेन्सी उच्च देखियो ।

वितरक डीसीएनका अनुसार फिल्मले शनिबार देशब्यापी आकर्षक कमाइ गरेको छ । डीसीएन वितरण प्रमुख दीपक दंगालका अनुसार फिल्मले पहिलो दिन ८० लाख हाराहारीमा ओपनिङ गरेको छ ।

तीन दिनको कमाइ आइतबार सार्वजनिक गर्ने उनले जनाए । ‘शनिबार पहिलो दिनभन्दा उच्च कमाइ छ’ दंगाल भन्छन्, ‘उक्त दिन देशभरका हल हाउसफूल रहे ।’ काठमाडौं, नारायणगढ, बुटवल, पोखरासहितका सहरमा फिल्म हेर्न दर्शक खचाखच देखिएको डीसीएनले जनाएको छ ।

विवाह संस्कृतिको कथावस्तुमा कमेडी मिश्रण गरेर बनाइएको यो फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ । साजन काफ्ले र आकाश बराल निर्देशित फिल्ममा निश्चल बस्नेत, बसुन्धरा भुषाल, सिमरन खड्का लगायतको समेत अभिनय छ ।

शनिबार स्वस्तिमा र निश्चलसहितका कलाकार उपत्यकाका हलको भिजिटमा ब्यस्त देखिए । उनीहरुले दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया समेत बुझेका थिए । यो फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?