+

कसरी हुँदैछ एनपीएलको अक्सन ?

२०८१ असोज  १९ गते २०:०० २०८१ असोज १९ गते २०:००
कसरी हुँदैछ एनपीएलको अक्सन ?

१९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा हुँदैछ । दिउँसो दुई बजेदेखि सुरु हुने अक्सनमा १५० भन्दा खेलाडी सहभागी हुनेछन् ।

क्यानले यसअघि कुल ४२६ दर्ताबाट अक्सनलाई १४२ खेलाडीको सूचि सार्वजनिक गरेको थियो । जसमा ए ग्रेडका २७, ग्रेड बी मा ३८ र ग्रेड सी मा ७७ खेलाडी छन् ।

तर सर्ट लिष्टमा केही खेलाडी छुटेको हुँदा थपिने नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।

एनपीएलमा सहभागी ८ टोलीका सबै मार्की खेलाडी नेपाली टोलीसँगै क्यानडामा छन् । मार्की खेलाडीकै सहमतिमा टिमले खेलाडी किन्ने हुँदा दिउँसो दुई बजेको समय राखिएको छ ।

मार्की खेलाडी र टिम संख्या

काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।

एक टिममा कुल १६ खेलाडी हुनेछन् । अक्सनमा भने १० खेलाडी मात्रै किन्नुपर्ने हुन्छ । चार विदेशी खेलाडी आन्तरिक सहमतिमा भित्र्याउनेछन् । अर्थात विदेशी खेलाडी अक्सनमा हुने छैनन् ।

एक ट्यालेन्ट हन्टबाट खेलाडी राख्नुपर्छ । टिममा १६ खेलाडी भएपनि ट्यालेन्ट हन्टबाट चाहेको खण्डमा फ्रेन्चाइज टोलीले चार भन्दा बढी राख्न पाउँछन् । तर अन्तिम १६ सदस्य लिष्टमा भने एक जना मात्रै ट्यालेन्ट हन्टको खेलाडी राख्न पाइनेछ ।

अक्सनमा कसले कति मूल्य पाउँछन् ?

ग्रेड सी मा का खेलाडीको न्यूनतम २ र उच्चतम ५ लाख रुपैयाँ तोकिएको छ । ग्रेड बी मा न्यूनतम ५ लाख र उच्चतम १० लाख छ । ग्रेड ए मा न्यूनतम १० र उच्चतम १५ लाख राखिएको छ ।

उच्चतम मूल्यमा गएपछि सबै ग्रेडका खेलाडी लक्की ड्रबाट निर्धारण हुनेछ । एक टोलीले ए र सी ग्रेडका समान तीन तथा बी ग्रेड का चार खेलाडी टोलीमा अनिवार्य राख्नुपर्ने हुन्छ ।

खर्च गर्न पाउने रकम ?

अक्सनमा एक टोलीले कुल ९० लाख खर्च गर्नुपर्ने हुन्छ ।

टिमलाई खेलाडी छान्न अवसर

क्यानले सर्ट लिष्टमा छुटेकाहरुको नाम समटे्दै शनिबार साँझ सम्म सार्वजनिक गर्ने जनाएको छ । १६० सम्म पुग्ने सम्भावना छ ।

त्यति मात्रै होइन क्यानले कुल दर्ता गराएका ४२६ खेलाडीको नाम पनि दिएको छ । उक्त सूचिबाट सर्ट लिष्टमा नपरेका तीन तीन खेलाडी माग गर्न क्यानले अधिकार पनि दिएकोछ ।

अनसोल्ड भएका खेलाडीलाई फेरि मौका

कुनै खेलाडी पहिला अनसोल्ड भएमा अन्तिममा फेरि मौका पाउनेछन् । कुनै खेलाडी ए ग्रेडमा अनसोल्ड भएमा बी ग्रेडमा घटुवा हुनेछन् । बी ग्रेडमा अनसोल्ड भएका खेलाडी सी मा झर्नेछन् ।

अन्तिममा सबै टोलीलाई क्यानले बिक्री नभएका खेलाडीको लिष्ट दिनेछ । फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक खेलाडी रोज्न पाउनेछन् । एक भन्दा बढी टोलीले उक्त खेलाडी छानेको खण्डमा भने पुन अक्सनमा प्रतिस्पर्धा हुनेछ ।

अक्सनमा ए, बी र सीको सबै लिष्ट एकै बक्समा राखिनेछ । चिट्ठा थुत्दा अक्सनमा जुनसुकै ग्रेडका खेलाडी आउन सक्छन् ।

खेलाडी परिवर्तन ?

ट्यालेन्ट हन्टको खेलाडी परिवर्तन गर्नु परेमा त्यहीँबाट आएको खेलाडी राख्नुपर्छ । अक्सनमा नाम दर्ता भएका खेलाडी ग्रेड अनुसार रिप्लेसमेन्ट हुनेछ । ए बाट बी मा झरेको खेलाडी बी रिप्लेसमेन्टमा पनि जानसक्नेछन् ।

अक्सनको लाइभ नेपाल प्रिमियर लिगको आधिकारिक युटुब च्यानलबाट हुनेछ ।

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय