+

ललितपुरलाई हराउँदै कर्णालीले जित्यो वुमन्स भलिबल लिगको उपाधि

२०८१ असोज  १९ गते २०:१४ २०८१ असोज १९ गते २०:१४
ललितपुरलाई हराउँदै कर्णालीले जित्यो वुमन्स भलिबल लिगको उपाधि

१९ असोज, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रुपैयाँ पायो ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो ।

ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पार्‍यो ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

एभरेस्ट वुमन्स भलिबल भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय