+
+

जनकपुरधाममा दशैं उत्सव (तस्वीरहरु)

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असोज १९ गते २०:३१

१९ असोज, जनकपुरधाम । जनकपुरधाममा अहिले दशैंको उल्लास छ । शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाई लगायतलाई दुलहीझैं सजाइएको छ ।

जनकपुरधामका जानकी मन्दिर र राममन्दिर परिसरका शक्तिपीठहरू श्रद्धालु भक्तजनहरूको आकर्षणको केन्द्र बनेका छन् । विशेष गरी राजदेवी मन्दिर र बौधी मन्दिर परिसरमा आयोजित सांस्कृतिक कार्यक्रम एवं खेलतमासाले भक्तजन भरिभराउ हुन्छन् ।

शहरका मुख्य चोक रामानन्दचोक, मुरलीचोक, भ्रमरपुराचोक, रजौल, देवीचोक, जानकीचोक, वंशीचोकमा कतै अवस्थित शक्तिपीठ र कतै भगवतीको भव्य प्रतिमाहरू बनाएर सृंगारिएको छ । यी स्थानमा आकर्षक रुपमा बनाइएको टेन्ट पण्डाल र रातिको समयमा टल्किने विविध रंगीबिरंगी बत्तिहरूले जनकपुरधामको दृश्य मनमोहक हुन्छ ।

दशैंको समयमा जनकपुरधाममा घटस्थापनादेखि नै दश दिनसम्म विशेष रौनक र उत्साह हुने गर्छ । टाढा–टाढाबाट मानिसहरू यस उत्सवलाई अवलोकन गर्न जनकपुरधाम आउने गर्छन् । महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लबजस्ता स्थानिय युवा संगठनहरूले चोक–चोकमा विशेष रूपमा लाखौं करोडौको सजावट गरी दशैंलाई भव्य बनाउँछन् ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?