+

अभ्यास खेलमा नेपालको जित

२०८१ असोज  २० गते ७:०६ २०८१ असोज २० गते ७:०६
अभ्यास खेलमा नेपालको जित

२० असोज, काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए ।

नेपालका गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १७६ रनमा अल आउट भयो । नेपालका कार्यवहाक कप्तान सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए ।

अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए ।

एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

अभ्यास खेल क्यानडा् क्रिकेट नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय