+
+

युवाहरुको मानसिक स्वास्थ्य ध्वस्त पार्दै सोसल मिडिया, अत्यावश्यक छ एक घण्टाको ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते ७:४६

अहिलेको समयमा हरेक इन्टरनेट प्रयोगकर्ताले कुनै न कुनै सोसल मिडिया प्रयोग गरेकै हुन्छ । कसैलाई कुनै मेसेज दिनु छ भने मानिस सोसल मिडियामै जाने गर्छ । तर, इन्टरनेट सामाजिक सञ्जालका विभिन्न खालका नकारात्मक असरका बारेमा कसैले पनि खासै कुरा गरेका पाइँदैन ।

सोसल मिडियाले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? वास्तवमा सोसल मिडियाको अत्यधिक प्रयोगका कारण विश्वभरका युवाहरुको मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परिरहेको छ ।

पुनर्ताजगी प्राप्त गर्न एक घण्टाको ब्रेक

लोकप्रिय मिडिया जर्नल Psycnet मा प्रकाशित एक शोध अनुसार सोसल मिडियाको प्रयोगलाई निश्चित सीमामा राखेमा युवा तथा वयस्क मानिसहरुले आफ्नो मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्दछन् ।

शोधकर्ताहरुका अनुसार भावनात्मक रुपमा कमजोर बनेका मानिसहरुमा ध्यानमा राख्दै उक्त अध्ययन गरिएको थियो । सोसल मिडियाको अत्यधिक प्रयोग गर्ने मानिसहरुले तीन हप्तासम्म स्क्रिन टाइमलाई प्रतिदिन १ घण्टासम्म कम गर्दा डिप्रेसन, चिन्ता तथा बिर्सिने डर जस्ता समस्याहरु कम हुन्छन् ।

२० प्रतिशत युवामा मानसिक समस्या

किशोरावस्था तथा युवा र वयस्क उमेरका क्रममा कुनै पनि व्यक्ति ठूलो सामाजिक, शारीरिक तथा भावनात्मक परिवर्तनबाट गुज्रिएको हुन्छ । यसले उनीहरुमा विशेष रुपमा मानसिक स्वास्थ्य सम्बन्ध्ी समस्याहरुका प्रति संवेदनशील बनाउँछ ।

तथ्यांक अनुसार हरेक वर्ष करीब २० प्रतिशत युवाहरुमा मानसिक समस्या देखिने गरेको छ, जसमध्ये डिप्रेसन र चिन्ताको समस्या सबैभन्दा बढि देखिन्छन् ।

कार्लटन विश्वविद्यालयका शोधकर्ताहरुले २ सय २० जना यस्ता स्नातक विद्यार्थीहरुमा उक्त अध्ययन गरेका थिए जसले नियमित रुपमा सोसल मिडिया प्रयोग गर्दथे ।

अध्ययनको सुरुवात एक हप्ताको सामान्य सोसल मिडिया गतिविधिबाट भयो । त्यसपछि ३ हप्तासम्म सहभागीहरुलाई दुईवटा समूहमा विभाजित गरियो । त्यसमध्ये एउटा समूहलाई आफ्नो सोसल मिडियाको प्रयोग प्रतिदिन एक घण्टाभन्दा लामो समयसम्म नगर्नका लागि भनियो ।

उक्त अध्ययनको नतिजा अनुसार जो सहभागीहरुले सोसल मिडियाको प्रयोग कम गरे उनीहरुमा डिप्रेसन तथा चिन्ता अर्थात् एन्जाइटीको लक्षण कम देखियो । साथै उनीहरुमा हराइन्छ कि भन्ने डर पनि कम महसुस हुन थाल्यो । उनीहरुको रातको निद्रा पनि करिब ३० मिनेटले बढ्यो ।

शोधकर्ताहरुका अनुसार सोसल मिडिया प्रयोगको समयलाई थोरैमात्र घटाउँदा पनि मानसिक स्वास्थ्यमा उल्लेख्य सुधार हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?