+
+

जनगणतन्त्र चीनको ७५ वर्ष, के राष्ट्रिय अर्थतन्त्र सुधार्न सक्लान् सी जिनपिङले ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते ७:५७

अक्टोबर १ देखि सुरु हुने राष्ट्रिय दिवस सप्ताह अर्थात् स्वर्णिम सप्ताह तथा आफ्नो जनगणतन्त्रको ७५औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा चिनियाँ सत्तारुढ कम्युनिष्ट पार्टीले देशको खस्किंदो अर्थतन्त्रलाई माथि उकास्नका लागि विभिन्न उपायहरु लागू गर्‍यो ।

ती योजनाहरुमा देशको समस्याग्रस्त रियलस्टेट उद्योगलाई सहयोग गर्नेेखि स्टक बजारलाई सहायता, गरिबीलाई नगद वितरण र थप सरकारी खर्च लगायतका रहेका छन् ।

सरकारको उक्त घोषणा पश्चात् चीन र हंगकंगमा शेयर बजारमा कीर्तिमानी वृद्धि देखियो । तर अर्थशास्त्रीहरु भने पछिल्ला नीतिहरु चीनको आर्थिक समस्या समाधानका लागि पर्याप्त नभएको बताउँछन् ।

सेप्टेम्बर २४ मा चीनको केन्द्रीय बैंकले घोषणा गरेका केही नीतिहरु प्रत्यक्ष रुपमा देशको कमजोर शेयर बजारप्रति लक्षित थिए ।

उक्त नीतिको नयाँ औजार अन्तरगत ८ सय अर्ब युआन लगानी गर्नु पनि रहेको छ, जुन रकमलाई बिमक, ब्रोकर र सम्पत्ति व्यवस्थापकले शेयर खरीदका लागि कर्जा लिन सक्नेछन् ।

पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोंगसेंगका अनुसार आफ्नै शेयर बाइब्याक गर्न चाहने कम्पनीहरुलाई पनि केन्द्रीय बैंकले सहयोग गर्नेछ । साथै कर्जा प्राप्त गर्दा लाग्ने खर्च घटाउने र कर्जा प्रवाहमा वृद्धि गर्नका लागि बैंकहरुलाइ स्वीकृति दिने पनि केन्द्रीय बैंकले घोषणा गरेको छ ।

उक्त घोषणाको दुई दिनपछि नै राष्ट्रपति सि जिनपिंगले आर्थिक विषयमा केन्द्रित पार्टीको पोलिट्ब्युरो बैठक बोलाए ।

अधिकारीहरुले देशको अर्थतन्त्रमा सुधारका लागि सरकारी खर्चमा वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

चीनमा एक हप्ता विदा सुरु हुने अघिल्लो दिन सोमबार सांघाइ कम्पोजिट इन्डेक्समा ८ प्रतिशतले वृद्धि भयो । जुन सन् २००८ को विश्वव्यापी आर्थिक संकट पछिकै उच्च वृद्धि हो । सोमबार सम्ममा परिसूचकमा समग्रमा २० प्रतिशतको वृद्धि भएको थियो ।

अर्को दिन चिनिया मेनल्याण्डमा शेयर बजार बन्द हुँदा हंगकंगको हांग शेंग चाहीँ ६ प्रतिशतले वृद्धि भयो ।

चीन सम्बन्धी विश्लेषक बिल बिशोपका अनुसार लगानीकर्ताहरुले चीनमा पछिल्ला सरकारी घोषणाहरु मन पराएका छन् ।

यसरी लगानीकर्ताहरुले खुसी भइरहँदा सि जिनपिंगले भने गहन मुद्दाहरुको सम्बोधन गर्नुपर्नेछ ।

जनगणतन्त्र चीनले आफ्नो ७५ औँ वार्षिकोत्सव मनाएसँगै चीन विश्वकै सबैभन्दा लामो कम्युनिष्ट राज्य बनेको छ । यसअघि सोभियत संघ ७४ वर्षमै विघठन भएको थियो ।

सिंगापुरस्थित लि क्वान यु स्कुल अफ पब्लिक पोलिसीका सह प्राध्यापक अल्फ्रेड वु भन्छन् – चिनिया नेताहरुको लागि प्रमुख चासोको विषय भनेकै सोभियत संघको जस्तो नियतिलाई पन्छाउनु हो ।

५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने आशंका बढिरहेका बेला अधिकारीहरुको प्रमुख चासो चाहीँ समग्र अर्थतन्त्रमा आत्मविश्वास वृद्धि गर्नु रहेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका राजनीतिक अर्थशास्त्रका प्राध्यापक युएन युएन आंगका अनुसार चीनमा जेसुकै गरेर भएप्नि लक्ष्य पूरा गर्नैपर्छ । सन् २०२४ को आर्थिक वृद्धिको लक्ष्य पूरा नहुँदा न्यून वृद्धि तथा न्यून आत्मविश्वासको गिर्दो चक्रलाई झनै गम्भीर बनाउने चिन्ता अधिकारीहरुमा छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको सबैभन्दा ठूलो कमजोरी भनेको तीन वर्षअघि सुरु भएको घरजग्गा बजारको गिरावट हो ।

स्टक बजारलाई बढावा दिने नीतिदेखि हालै घोषित उत्प्रेरक प्याकेजहरु सबै रियल स्टेट उद्योगतर्फ लक्षित छन् ।

यस अन्तरगत बैंकको कर्जामा वृद्धि, किस्ताबन्दीको दरमा कटौती र दोश्रो घर खरीद गर्दा तिर्नुपर्ने सुरुवाती भुक्तानीलाई न्यूनतम बनाउने लगायतका रहेका छन् । तथापि यस्ता कदमले आवास व्यवसायलाई माथि उठाउने कुरामा भने आशंका छ ।

मूडिज एनालिटिक्सका अर्थशास्त्री ह्यारी मुर्फी क्रुजका अनुसार उल्लेखित कदमहरु स्वागतयोग्य भए पनि समस्या समाधान गर्ने सम्भावना कम छ । चीनको मुख्य समस्या आत्मविश्वासको संकटबाट सिर्जना भएका हुन् न कि कर्जाबाट । परिवार तथा कम्पनीहरुले कर्जा नै लिन चाहँदैनन् चाहे त्यो जतिसुकै सस्तो ब्याजदरको किन नहोस् ।

पोलिटब्युरो बैठकमा नेताहरुले ब्याजदर कटौती तथा सरकारी कोषको सदुपयोग जस्ता उपायभन्दा पनि पर गएर आर्थिक वृद्धिलाई माथि उकास्ने घोषणा गरे ।

तर घरजग्गा बजारलाई स्थीर बनाउने, उपभोगमा वृद्धि गर्न सहयोग गर्ने र रोजगारी बढाउने जस्ता प्राथमिकता तय गर्नुका अतिरिक्त सरकारी खर्चको आकार तथा क्षेत्रको विस्तृत खाकाका विषयमा खासै उल्लेख गरिएन ।

अर्थशास्त्रीहरुका अनुसार अर्थतन्त्रको व्यापक क्षेत्रका समस्या समाधानका लागि रियल स्टेट बजारमा गडेर रहेका समस्याहरुको समाधान महत्वपूर्ण छ ।

सम्पत्ति भनेको धेरै परिवारले सहजै गर्ने सबैभन्दा ठूलो लगानी हो र घरजग्गाको घट्दो मूल्यले उपभोक्ताको आत्मविश्वासलाई नजरअन्दाज गर्न सहयोग पूराएको छ ।

जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सवको दिनमा चिनियाँ सरकारी पत्रिका पिपुल्स डेलीले आफ्नो सम्पादकीयमा सकारात्मक भाष्य प्रस्तुत गरेको छ । जसका लेखिएको छ – अगाडिको यात्रा चुनौतिपूर्ण भएपनि भविष्य आशालाग्दो छ ।

उक्त सम्पादकीय अनुसार राष्ट्रपति सिले सिर्जना गरेका उच्च गुणस्तरीय विकास तथा नयाँ उत्पादनशील शक्ति जस्ता अवधारााहरुले राम्रो भविष्यका लागि सो मार्ग प्रसस्त गर्न महत्वपूर्ण छन् ।

यी अवधारणाहरु जोड दिनुले चीन सरकार विगतमा जस्तो तिव्र आर्थिक वृद्धिबाट उच्च गुुणस्तरीय उद्योगमा आधारित अधिक सन्तुलित अर्थतन्त्रको विकासतर्फ मोडिएको प्रतित हुन्छ ।

अर्थशास्त्रीहरु चाहिं चीनले भोगिरहेको मुख्य चुनौती भनेकै उसका नयाँ तथा पुरानो अर्थतन्त्रहरु गहन रुपमा अन्तरसम्बन्धित हुनु हो । यदि पूरानो अर्थतन्त्र तीव्र गतिमा बिग्रियो भने यसले नयाँ अर्थतन्त्रको उदयलाई निश्चित रुपमा असर गर्नेछ ।

सोही कुरालाई चीनको नेतृत्वले महसुस गरेर तदनुरुपको कदम चाल्न थालेको छ ।

-बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?