+
+

भैरव पुरस्कार गुठीले गर्‍यो तीन श्रष्ठालाई पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १२:५४

२० असोज, काठमाडौं। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जना अलग अलग स्रष्टालाई प्रदान गरिको छ।

गुठीले राजधानीमा आइतबार कार्यक्रम आयोजना गरी तीन जना स्रष्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेले जानकारी दिए ।

गुठीका अध्यक्ष घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको हो । यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

यस्तै भैरव वाङ्मय पुरस्कार कोषकार चूडामणि गौतमलाई प्रदान गरिएको गुठीले जनाएको छ। उक्त पुरस्कारको राशि पनि १ लाख १ हजार १११ रुपैयाँ नै रहेको छ ।

यस्तै भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको वरिष्ठ साहित्यकार रोचक घिमिरेले जानकारी दिए । उनका अनुसार भैरव प्रतिभा पुरस्कारको राशि भने ५१ हजार १११ रुपैयाँ रहेको छ ।

पुरस्कार पाउनेहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको चयन समिति गठन गरेको थियो ।

पुरस्कृत स्रष्टाहरूमध्ये हास्यव्यङ्ग्य साहित्यमा गाम्नागेको योगदान बारे प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले प्रकाश पारेका थिए । त्यस्तै भाषिक क्षेत्रमा गौतमको योगदानबारे साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले चर्चा गरेका थिए भने कलाकार लक्ष्मी गिरीको योगदानका बारेमा साहित्यकार मेनका पोखरेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेले भैरव अर्याल नेपाली साहित्यको हास्यव्यङ्ग्य साहित्यको ‘महारथी’ नै भएको धारणा राखे । भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार एवं पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने स्रष्टा बाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील स्रष्टालाई पनि पुरस्कृत गर्दै आएको बताए ।

साथै साहित्यकार स्वर्गीय रमेश विकलको व्यङ्ग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?