+
+

स्मार्टफोनको स्टोरेज बढाउने अटो आर्काइभ एप्स फिचर, यसरी प्रयोग गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १३:२९

काठमाडौं । स्मार्टफोनमा नयाँ नयाँ फिचरहरु थपिनु तथा यामेराको गुणस्तर तथा प्रयोग बढेसँगै निकै छिटो समयमै स्टोरेज भरिने समस्या आउँछ । फोनको भण्डारण क्षमता जति नै सुकै भएपनि फोनमा ठूलो संख्यामा फोटो, भिडियो तथा विभिन्न फाइलहरु जम्मा हुँदै जाँदा स्टोरेज स्पेस कम हुनजान्छ ।

फोनको स्टोरेज भरिएसँगै फोनमा कुनै पनि नयाँ फाइल वा एप डाउनलोड गर्न वा थप फोटो तथा डकुमेन्ट राख्न पनि पाइँदैन । जसका कारण निकै समस्या सिर्जना हुनेमात्र होइन अहिलेको जमानामा फोनलाई एक हिसाबले निकम्मा नै बनाइदिन्छ । आखिर फोनमा स्टोरेज भरिने समस्याको समाधान कसरी गर्ने ?

यसका लागि अधिकांश मानिसहरुले डिभाइसको इन्टर्नल स्टोरेज खाली गर्दछन् । स्टोरेज खाली गर्नका लागि आम रुपमा फोटो, भिडियो तथा अन्य महत्वपूर्ण फाइलहरु पनि डिलिट गर्नुपर्ने हुन्छ । यसका साथै कहिलेकाहीँ हामीले फोनबाट क्यास फाइलहरु पनि सफा गर्दछौँ । यी सबै काम गर्दा फोनमा थोरै भएपनि स्टोरेज प्राप्त हुन्छ । त्यसका अलावा केही मानिसहरुले निःशुल्क रुपमा प्राप्त हुने क्लाउड स्टोरेजको सहारा लिन्छन्, तथापि त्यो पनि केही समयमै भरिन्छ ।

फोनमा उत्पन्न हुने स्टोरेजको यस्तो समस्याको समाधान गुगलबाट सजिलै गर्न सकिन्छ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ । वास्तवमा एन्ड्रोइड स्मार्टफोनमा गुगलले एउटा विशेष सुविधा उपलब्ध गराएको हुन्छ । गुगलले फोनमा प्रयोग नहुने एपहरुलाई स्वचालित रुपमा अर्थात् अटो आर्काइभ गरिदिन्छ । उक्त फिचरका कारणले गर्दा फोनमा उल्लेख्य मात्रामा स्टोरेज प्राप्त हुन्छ र प्रयोगकर्ताले आफ्नो काम गर्न सक्दछन् ।

अटो आर्काइभ एप्स फिचरको प्रयोग कसरी गर्ने ?

  • सबैभन्दा पहिले एन्ड्रोइड फोनमा गुगल प्ले स्टोर खोल्नुहोस्
  • त्यसपछि स्क्रिनको माथिल्लो भागमा दायाँतर्फ रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्
  • त्यसो गरिसकेपछि Settings को अप्सनमा क्लिक गर्नुपर्छ
  • स्क्रोल गरेर General Settings खण्डमा गएर ट्याप गर्नुहोस्
  • त्यसपछि थोरै तल आउनुहोस् र अटो आर्काइभ एप्स फिचरको टगललाई सक्रिय बनाउनुहोस्
  • त्यसो गरिसकेपछि तपाईंको फोनमा प्रयोग नहुने खालका एपहरु आफै आर्काइभ हुनेछन् र फोनको स्टोरेज बढ्नेछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?