+
+

४७ हजार नक्कली नोटसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १३:१८
फाइल फोटो ।

२० असोज, काठमाडौं । नक्कली नोटसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई  नक्कली नोटसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?