+
+

बाढीअघि र पछिको बेथानचोक (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १५:५१

२० असोज, बेथानचोक (काभ्रे) । २०८० को साउनमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्क पुग्दा गाउँ रमाइलो देखिएको थियो ।

पहाड हरियाली थियो, धानखेत पनि हरियो देखिएको थियो, खोला आफ्नै आकारमा कलकल बगिरहेको थियो । जता हेरेर फोटो खिच्दा पनि राम्रो दृश्य देखिन्थ्यो ।

त्यतिबेला ढुंङ्खर्क क्षेत्रको तस्वीरहरु अनलाइनखबरमा सम्भावनै सम्भावनाको बेथानचोक शीर्षकमा प्रकाशित भएको थियो । तस्वीर हेर्दा बेथानचोक आकर्षक पर्यटकीय गन्तव्यजस्तो देखिन्थ्यो, कृषिको सम्भावना पनि उत्तिकै देखिन्थ्यो ।

त्यसको १४ महिनापछि बेथानचोक पुग्दा यो ठाउँ संकटै संकटमा फसेको देखियो । गत ११ असोजमा परेको अत्याधिक वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले बेथानचोक अत्यासलाग्दो बनेको छ ।

सडक जताततै भत्केको छ, धानखेतबाट खोला बगिरहेको छ, हरियाली पहाड पहिरोले चिरेको छ । बस्तीका घरहरु कतिपय बाढीले लगेका छन्, कतिपय घरको आँगनसम्म पहिरो पुगेको छ ।

बाढी र पहिरोले सडक र बिजुलीबाट बिच्छेद हुन पुगेको छ गाउँ । १० जनाको मृत्यु र ७ जना बेपत्ता बनाएको बाढी पहिरोले बेथानचोकलाई ३० वर्ष अगाडिको अवस्थामा पुर्‍याएको छ ।

१८ असोजमा अनलाइनखबरकर्मीहरुको टोली बेथानचोकको देवीस्थानदेखि ढुंगखर्कसम्म पुगेर बाढी पहिरोले तहसनहस बनाएको तस्वीरहरु लिएको छ । प्रकोपअघि र पछिको बेथानचोकको तुलना गर्न सक्ने गरी हामीले केही तस्वीर प्रकाशित गरेका छौं ।

तस्वीर लिइएको ठाउँ र क्यामेराको लेन्सका कारण कतिपय तस्वीर हुबहु नमिलेजस्तो देखिन्छ ।

बाढीअघिको तस्वीरहरु : आर्यन धिमाल

बाढीपछिको तस्वीरहरु : विकास श्रेष्ठ

बाढीअघि
बाढीपछि
बाढीअघि
बाढीपछि
बाढीअघि
बाढीपछि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?