+
+

गुल्मीका बजारमा चहलपहल बढ्यो, व्यापार बढेन

अनिल खत्री अनिल खत्री
२०८१ असोज २० गते १४:२०

२० असोज, गुल्मी । दशैं नजिकिँदै जाँदा गुल्मीका ग्रामीण बजारमा चहलपहल बढेको छ । दशैं लक्षित किनमेल गर्नेहरुले बजारमा चहलपहल बढेको हो ।

दशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा मेसो मिल्दा पनि गाउँघरमा रौनक छाएको हो । सदरमुकाम र अन्य ठाउँबाट विभिन्न गन्तव्यस्थलमा फर्किनेहरुले बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ ।

दशैंले विद्यालयहरु पनि बन्द भएकाले ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । दशैंलागत ठूला चाडपर्वलाई मध्यनजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेका छन् ।

गुल्मी जिल्लाको प्रवेशद्वार रिडीदेखि तम्घाससम्मका विभिन्न स्थानमा सडक मर्मत भइरहेकाले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । चाडपर्वलाई लक्षित गरेर गुल्मीका ८ ठाउँमा नागरिक सहायता कक्ष पनि स्थापना भएका छन् ।

काम किम विशेषले सहर र वैदेशिक रोजगारमा गएकाहरु पनि दशैंको छेको पारेर गाउँ फर्किनेहरु बढेका छन् । सुनसान बनेका गाउँ बस्तीमा फेरि मानवीय गतिविधि बढेको छ । तर, बजारमा चहलपहल बढे पनि विगतको वर्षमा जस्तो व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

चाडपर्वको मुखैमा भएको प्राकृतिक विपत्तिले गर्दा व्यापार व्यवसायमा कमी आएको रेसुंगा नगरपालिका–१ तम्घासका घनश्याम पाण्डेले बताए । अघिल्ला वर्षको तुलनामा यसवर्ष बजारमा किनमेल कम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?