+
+

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १४:२५

२० असोज, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच डीआईजी भरतबहादुर बोहराले मोटरसाइकल हस्तान्तरण गरे । जसमा १६ वटा मोटरसाइकल र १० वटा स्कुटर छन् ।

हराएको भन्दै विभिन्न मितिमा परेका उजुरीहरुका आधारमा प्रहरीले खोजतलास गरी मोटरसाइकल फेला पारेको हो । मोटरसाइकल तथा स्कुटरहरुमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारिएको ट्राफिकले जनाएको छ ।

आइतबार बुझाइएका २६ वटासहित १४१ वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?