+

दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी

२०८१ असोज  २० गते १६:५७ २०८१ असोज २० गते १६:५७
दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी

दशैंमा मासुजन्य परिकारको उपयोग धेरै हुने गर्छ । अन्यबेला कुखुराको मासु खाने गरे पनि दशैंमा गच्छेअनुसार मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् ।

दशैंमा रातो मासुसँगै अल्कोहलको सेवन पनि ज्यादा नै हुन्छ । मासु प्रोटिनको सर्वोत्तम स्रोत हो, जहाँ आवश्यक सबै एमाइनो एसिड प्रचुर मात्रामा पाइन्छ । मस्तिष्कको विकासमा मासुको भूमिका रहेको अनुमान गरिएको छ ।

खास चाडपर्वमा मात्रै ज्यादा मासु खानु फाइदाजनक होला त ?

यो सवालको निरुपण गर्नुअघि हाम्रो खाना र पोषण पद्धतिबारे जानकारी राख्नु उपयुक्त हुनछ । हामीले सेवन गर्ने सबै प्रकारका खाद्यपदार्थ पाचन प्रणालीको माध्यमबाट टुक्राएर आन्द्रामा शोषित भई विभिन्न  पोषण तत्वहरुमा परिणत हुन्छन् ।

ती पोषण तत्व तत्कालै ऊर्जाका लागि खर्च भई बाँकी ग्लाइकोजनको रुपमा बोसोको रुपमा जम्मा हुने  कार्बोहाइड्रेट (स्टार्च, ग्लुकोज), आन्तरिक शारीरिक अवयवहरुको निर्माण र जैविक पद्धतिका लागि आवश्यक प्रोटिन, फ्याट तथा शारीरिक प्रक्रियामा अपरिहार्य भिटामिन, मिनरल्सका अणु गरी चार प्रकारका हुन्छन् ।

भिटामिनहरु तत्काल आवश्यक नपर्ने र मूत्र पद्धतिबाट उत्सर्जित हुने पानीमा घुलनशील र जम्मा भई रहने फ्याटमा घुलनशील गरी दुई प्रकारका हुन्छन्, बोसो अर्थात् फ्याट पूर्ण र अपूर्ण । फ्याटका अणुमध्ये कुनै फाइदा पुर्‍याउने उच्च र हानि पुर्‍याउने बढी घनत्वका हुन्छन् । यस्तो बोसो पनि भुँडीमा रहेको केन्द्रित र परिधीय हुन्छ । कम शारीरिक परिश्रम अनि बढी खानाको मात्रा र अणुवंशिक कारण पनि भुँडीमा बढी बोसो जम्मा हुने गर्छ ।

पानी त उपयुक्त मात्रामा पिउनु अपरिहार्य छँदैछ । पानी खाना सँगै पिउँदा पाचन प्रणालीमा नकारात्मक असर पर्छ । त्यसैले पानी एवं उपलब्ध भए फलफूलको सलाद या जुस पिउनु फाइदाजनक हुन्छ । तर खाना खाने बित्तिकै पानी पिउँदा पाचन प्रक्रियामा नकारात्मक प्रभाव पर्छ ।

दशैं, तिहार जस्ता चाडपर्वमा मासु जस्ता प्रोटिन, बोसो  र उच्च क्यालोरीयुक्त परिकारको सेवनमा वृद्धि हुन्छ । ऋणधन गरेरै भए पनि उच्च बोसो एवं क्यालोरीयुक्त खसी, बोका, राँगा जस्ता चारखुट्टे जनावरको दशैंमा काट्ने चलन छ । सो प्रयोजनका लागि कैयौं दिन लगाएर भारतबाट समेत ट्रकमा लादेर सकस साथ  राँगाभैंसीहरुलाई भारतबाट एवं बोका-च्यांग्राहरु चीनबाट समेत आयात गरिन्छन् ।

मासुको सेवन गर्ने मात्रा व्यक्तिको जीवनशैली, शारीरिक श्रम, रगतमा कोलेस्टेरोलको मात्रा, मिर्गौला, कलेजो, मुटुदेखि शरीरको वजनमा पनि निहित हुने गर्छ ।

उदाहरणका रुपमा शारीरिक परिश्रम नगर्ने नेपाली कदको एउटा वयस्क व्यक्तिलाई सालाखाला दैनिक रुपमा १६०० देखि २००० क्यालोरी ऊर्जाको जरुरत पर्छ । त्यसबाहेक सामान्य हिंडडुल गर्ने, ज्यादा नै हिंड्ने, गह्रौं काम या मांसपेशीको व्यायाम गर्नेलाई सोही अनुसारको क्यालोरी सहित प्रोटिनको पनि जरुरत पर्छ । एक ग्राम कार्बोहाइड्रेट र प्रोटिनबाट चार क्यालोरी र एक ग्राम चिल्लो पदार्थबाट करिब आठ क्यालोरी ऊर्जा प्राप्त हुन्छ ।

हामीलाई चाहिने ऊर्जाको करिब आधाजति भाग तरकारी, फलफूल, बोक्रासहितको अन्न गेडागुडीबाट लिनु उपयुक्त हुन्छ । सकभर सेतो चामल, चिनी, आलु, मिठाई सेवन नगर्नु नै उपयुक्त हुन्छ । अहिले मांसपेशी निर्माणका लागि भन्दै लो कार्ब,जिरो कार्ब आदिको कुनै औचित्यता छैन ।

मासुको सम्बन्धमा रातो, छाला र बोसोसहितको भन्दा छाला नभएको कुखुराको मासु, माछामा क्यालोरी कम र चिल्लो कोलेस्टेरोलको मात्रा पनि कम हुन्छ । सामान्यतया दैनिक ७० ग्राम भन्दा कम रातो मासुको सेवन श्रेयस्कर हुन्छ । बोसो नभएको कुखुराको मासु, माछा शारीरिक आवश्यकता अनुसार खान सकिन्छ ।

वजन र कोलेस्टेरोलको मात्रा दुवै उच्च छ भने मासुसँगै दानायुक्त अन्न, गेडागुडी, खैरो रोटी, फलफूल खानु उपयुक्त हुन्छ । चाडपर्वमा मासुसहित अल्कोहलजन्य पेय पदार्थको सेवनमा वृद्धि हुँदा शरीरमा आकस्मिक एवं दीर्घकालीन स्वास्थ्य समस्या पैदा हुने गर्छन् । दशैंपछि आउने तिहारमा पनि चामल, चिनी, घिउ र तेलमा तयार गरिने परिकारका साथै मासुको प्रयोगमा वृद्धि हुन थालेको छ ।

चामल, चिनी जस्ता वस्तुमा कार्बोहाइड्रेट वा ग्लुकोजको मात्रा बढी हुन्छ, जुन तत्कालै शारीरिक कार्य सम्पादनमा आवश्यक पर्ने ऊर्जामा खर्च हुन नसके बोसोको रुपमा परिणत हुन्छ । बोसो अर्थात् भुँडी बढ्नु, रगतमा बोसोको मात्रा बढ्नु, सुगरको मात्रा बढ्नु हो । अझै तयारी खाजा, जंकफुड, मिठाई, बिस्कुट आदिमा प्रयोग हुने ट्रान्सफ्याटले त बोसोमा वृद्धि ल्याई मधुमेह-२ को सम्भावना रहन्छ ।

विभिन्न प्रकारका रङ लगायत अखाद्य वस्तु मिसाइएका विभिन्न प्रकारका मिठाइमा प्रयोग गरिने  ट्रान्सफ्याट लगायत वस्तुले स्वास्थ्यका लागि हानिकारक छन् । रक्तसञ्चार प्रवाहमा अवरुद्धता, मुटुरोग जस्ता रोगका कारण बन्न सक्छ ।

त्यसैले मासुसँगै गुलिया वस्तुको बढ्दो प्रयोगबाट आर्थिक  एवं स्वास्थ्यमा  समेत  सकारात्मक भन्दा  नकारात्मक प्रभावबारे सचेत हुन आवश्यक छ ।

मासुका लागि जनावरको स्वास्थ्य परक्षण

बहुसंख्यक रोग या त जेनेटिक (आणुवंशिक) या जुनोटिक कारणले लाग्छन् । मानिसहरुले विकासको क्रममा घरपालुवा बनाइएका जंगली जनावरको उपयोग या संसर्गबाटै सरेका हुन् । कति विषाणुहरु जनावरबाट मान्छेमा सरेपछि उत्परिवर्तित (म्युटेसन) भएर अर्को मानिसमा समेत सर्न सक्छन् । त्यसैले मासुको प्रयोग गर्नुअघि जनावरहरुको पूर्ण परीक्षण हुन आवश्यक छ ।

मासु सेवन गर्दा अपनाउनुपर्ने सावधान

राम्रोसँग नपकाइएको, नउसिनिएको, नगलाइएको, पोलेको मासु दाँत नचपाइकन होसियारीपूर्वक नखाँदा श्वासनलीमा पुग्ने वा खानानलीमा अड्किने सम्भावना हुन्छ । अझै दाँतको विकास भइनसकेका बालबालिकादेखि दाँत नै झरेर कृत्रिम दाँत लगाएका व्यक्ति र वृद्धवृद्धालाई मासु खान दिंदा टुक्राएर नरम बनाइर मात्रै खान दिनुपर्छ ।

राम्रोसँग नपकाइएको, नकाटिएको, राम्रोसँग नचपाइकन र त्यसमाथि अल्कोहलसँग कुराकानी गर्दै हतार हतारमा निल्न खोज्दा सर्केर श्वासनलीमा पुगी गम्भीर आकस्मिक स्वास्थ्य समस्या समेत आउन सक्छ ।

हानिकारक र अनावश्यक भोजनले पार्न सक्ने आन्तरिक क्षतिलाई परिपूर्ति गर्न सकिन्न । त्यसैले चाडपर्वको खानपिनले पार्न सक्ने आर्थिक एवं शारीरिक असरलाई न्यूनीकरण गर्न आवश्यक छ ।

दशैंमा मासु प्रा. डा. ढुण्डीराज पौडेल स्वास्थ्य

धेरै कमेन्ट गरिएका

डा. ढुण्डीराज पौडेल
लेखक
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

क्वारेन्टिनकै अगाडिबाट यातनापूर्वक पशु ढुवानी

क्वारेन्टिनकै अगाडिबाट यातनापूर्वक पशु ढुवानी

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)