+
+

कञ्चनपुरमा ८ लाखको अवैध कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १७:४०

२० असोज, धनगढी। कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको अवैध कपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद अर्याल नेतृत्वको टोलीले भारतबाट अवैध रुपमा ल्याएको आठ लाख ६ हजार बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार पुनर्वास नगरपालिका–११ नमूना ईटा भट्टा नजिकैबाट बेवारिसे अवस्थामा रहेको लेडिज कपडा बरामद गरिएको हो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?