+

अर्जुन कुमाललाई ७ लाख ५० हजारमा किन्यो सुदूरपश्चिमले

२०८१ असोज  २० गते १८:४९ २०८१ असोज २० गते १८:४९
अर्जुन कुमाललाई ७ लाख ५० हजारमा किन्यो सुदूरपश्चिमले

२० असोज, काठमाडौं । नेपाली क्रिकेटका ब्याटर अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किनेको छ । उनले न्यूनतम मूल्य ५ लाख राखेका थिए ।

पोखराले आफ्नो क्षेत्रका खेलाडीलाई मूल्य लगाएको थियो । केही समयपछि सुदूरपश्चिम जोडिएको थियो । त्यसपछि उनले ७ लाख ५० हजार पाएका हुन् ।

अर्जुन कुमालले ओपनिङ गर्दै लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपाल ए बाट उनले आयरल्यान्ड ए बीविरुद्ध शतक हानेका थिए ।

अर्जुन नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । एसिसी यू-१९ प्रिमियर कप २०२३ अक्टोबरमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए ।

उनले सिनियर टोलीका कुशल मल्लको उक्त कीर्तिमान तोडेका हुन् । कुशल मल्लले सेप्टेम्बरमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा अविजित इनिङ खेलेका थिए ।

कुशललाई पछि पारेर नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान कायम गरेका थिए ।अर्जुनले यसअघि गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन पनि बनाएका थिए ।

अर्जुन नेपालबाट ओपनरको रुपमा यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो र एक्लो खेलाडीसमेत हुन् ।

अर्जुन कुमाल सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय