+
+

मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १८:४९

काठमाडौं । अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडियोबाट नेपाली फिल्म ‘अनौठो तृष्णा’ सार्वजनिक हुने भएको छ । मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो ।

नीरञ्जन प्रधानको निर्देशन रहेका फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, सृष्टि खड्का, अलिसा शर्मा, विकास लामिछाने आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

क्राइम तथा सस्पेन्स जनराको यो फिल्मको कथा बाबुराम निरौलाले लेखेका छन् । स्टर्मक्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको निर्माणमा बनेको यो फिल्मका निर्माता सुगम आचार्य र नीरन्जन प्रधान हुन् ।

फिल्म निर्माण टिमदेखि सम्पूर्ण कलाकार नेपाली भएको ‘अनौठो तृष्णा’ चर्चित ओटिटी प्लाटफर्ममा संसारभरका दर्शकले एकै पटक हेर्न पाउनु नेपाली कलाकारका लागि ठूलो अवसर भएको कलाकार नवीन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?