+
+

सल्यानका शैक्षिक नायकबारे पुस्तक प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १९:३८

२० असोज, काठमाडौं । सल्यानका एक जना अद्भुत शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ।

‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेशमन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन् ।

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर मोहन सरको १०औ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहीत छन् । आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे ।

२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन् । उनको कोटा राजनीतिक पहुँचदारले पाएका थिए ।

आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए । सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए ।

२०४९ मा सल्यानमा पहिलो पटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटबिनै गणित र अर्थशास्त्र पढाए । गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे । आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्यहरु हिरो मानेर श्रद्धाले शिर निहुराउँछन् ।

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका थिए । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?