+
+

दशैंमा अनरको बम्पर अफर : थाइल्यान्ड घुम्नेदेखि स्कुटीसम्म जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते १९:४०

काठमाडौं । दशैं-तिहारलाई लक्षित गरी अनर नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्, थाइल्यान्ड घुम्नुस्’ अभियान १७  सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

यस अवधिमा कुनै पनि अनर स्मार्टफोन खरिद गर्ने ग्राहकले खल्तीको दामी क्यूआर ह्विल घुमाउने अवसर पाउनेछन् ।

यस अभियान अन्तर्गत ग्राहकले थाइल्यान्ड घुम्नेदेखि अप्रिला एसआर १२५ वा नयाँ अनर म्याजिक भी२  जस्ता उत्कृष्ट पुरस्कार जित्न सक्नेछन् ।

साप्ताहिक रूपमा मार्सल स्पिकर र अनर २०० र दैनिक रूपमा अनर च्वाइस इयरबर्ड एक्स५ र साइकेई जीटी वाच जस्ता उपहार जित्ने अवसर रहेका छन् ।

अनरका मुख्य स्मार्टफोनहरू अनर २०० प्रो र अनर २०० चाडपर्वको समयमा एआईयुक्त पोर्ट्रेट क्यामेराले सुन्दर तस्वीर खिचेर यादगर बनाउन सघाउने कम्पनीको दाबी छ ।

विशेष अफर अन्तर्गत हरेक खरिदमा १३ हजार ९ सय ९९ रुपैयाँ बराबरको निःशुल्क अनर च्वाइस वाच पाइनेछ । यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र लागु हुनेछ ।

अनर एक्स९बी पर्व अफर

अनर एक्स९बी खरिदमा ७ हजार ९ सय ९९ रुपैयाँ बराबरको निःशुल्क अनर च्वाइस हेडफोन उपलब्ध हुनेछ । यो अफर १५ अक्टोबर २०२४ सम्म लागु हुनेछ ।

साथै अनर एक्स९बी किन्दा थाइल्यान्ड घुम्ने अभियानमा सहभागी भएर थाइल्यान्डको यात्रामा जाने अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अनर एक्स६बीमा अफर

अनर नेपालले अनर एक्स६बी अफर ल्याएर थप रमाइलो गरेको छ ।

अनर एक्स६बी खरिद गर्दा ३ हजार ९ सय ९९ रुपैयाँ पर्ने साइकेई जीटी वाच ९ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?