+

काभा यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२०८१ असोज  २० गते २०:०१ २०८१ असोज २० गते २०:०१
काभा यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२० असोज, काठमाडौं । श्रीलंकामा आइतबार सुरु काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सेटमा पराजित गरेको हो ।

पहिलो सेट सहजै जितेको नेपाललाई घरेलु टोलीले दोस्रो र तेस्रो सेटमा कडा चुनाैती दिएको थियो । नेपालले श्रीलंकालाई २५-१४, २५-२३, २८-२६ ले पराजित गरेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज २१ गते उज्वेकिस्तानसँग, तेस्रो खेलमा असोज २२ गते माल्दिभ्ससँग, चौथो खेलमा असोज २४ गते कीर्गिस्तानसँग तथा पाँचौ खेलमा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिता असोज २६ गतेसम्म सञ्चालन हुनेछ । लिग चरणमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

काभा यु-२० भलिबल च्याम्पियनसिप खेलकुद भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय