+
+

बजार बढ्दै जाँदा मूल्य उच्च दरमा बढेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १८:१०

२१ असोज, काठमाडौं । असोज १३ गते सेयर बजारको परिसूचक नेप्से २४६४ अंकमा थियो । जुन अंक हाललाई करेक्सनको न्यूनतम विन्दुका रुपमा बुझिएको छ ।

साउनको अन्तिम कारोबार दिन ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गतेसम्म आउँदा १७.८ प्रतिशतसम्म घट्यो । असोज १३ पछि बजार उकालो लागेको छ ।

त्यसयताको एक सातामा बजार ७.६ प्रतिशत अर्थात १८९ अंक बढेको छ । हिजो आइतबार बजार बन्द हुँदा ५६५३ अंकमा छ । बजार जम्मा ७.६ प्रतिशत बढ्दा एउटा कम्पनीको मूल्य भने ३५ प्रतिशतसम्म बढेको छ ।

एक साताकै अवधिमा दुई कम्पनीको मूल्य ३० प्रतिशतभन्दा धेरै बढेको छ । ६ कम्पनीको मूल्य २५ प्रतिशतभन्दा धेरै बढेको छ । मूल्य उच्च दरमा बढेका १० कम्पनीमध्ये ९ वटा फाइनान्स कम्पनी मात्रै छन् ।

यद्यपि पहिलो नम्बरमा हाइड्रोपावर कम्पनी परेको छ । एक सातामा मूल्य उच्च दरमा बढेका टप १० कम्पनीका लगानीकर्ताले २३ प्रतिशतभन्दा बढी कमाएका छन् ।

मूल्य उच्च दरमा बढेका यी १० कम्पनी 

कम्पनी असोज १३ को मूल्य असोज २० को मूल्य वृद्धिदर प्रतिशत
इस्टर्न हाइड्रोपावर ७३६ ९९७ ३५.४६
गुडविल फाइनान्स ८०९.९ १०८४ ३३.८४
समृद्धि फाइनान्स ५०९ ६५४ २८.४९
नेपाल फाइनान्स ११६८ १४९४ २७.९८
बेस्ट फाइनान्स ४९२.२ ६२३.१० २६.५९
प्रोग्रेसिभ फाइनान्स ५१० ६४३ २६.०८
सेन्ट्रल फाइनान्स ५०३ ६२६ २४.४५
रिलायन्स फाइनान्स ५१२ ६३३ २३.६३
श्री इन्भेस्टमेन्ट फाइनान्स ५०९ ६२९ २३.५८
मल्टिपर्पस फाइनान्स ५८८ ७२७.५० २३.३१

स्रोत – नेप्से ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?