+
+

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १२:३९

२१ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको कारोबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?